बुधबार, वैशाख १२, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ मंसिर ९ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ स्थिर रहेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया