शुक्रबार, चैत १६, २०८०

सुदूरपश्चिममा एमालेलाई धक्का

नेपालखोज २०७९ मंसिर १० गते ८:२५

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा सिट मध्ये १५ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । बाजुराको परिणाम आइसकेको छैन् । बाजुरामा एमालेका कर्ण थापा र कांग्रेसका बद्री पाण्डे निर्वाचनमा छन् । मतगणना सम्पन्न भएका क्षेत्रमध्ये ७ क्षेत्रमा कांग्रेस विजयी भएको छ ।

बाम – लोकतान्त्रिक गठबन्धनमा कांग्रेसको भागमा ९ सिट परेको थियो जसमध्ये कांग्रेसले एक क्षेत्रमा पराजय भोगेको छ भने बाँकी एक क्षेत्रको मतगणना अबरुद्ध छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट कैलाली – ४ मा वीरबहादुर बलायर, ५ – मा डिल्लीराज पन्त, कञ्चनपुर – २ मा एनपी साउद तथा ३ – मा रमेश लेखक विजयी भएका छन् । डडेल्धुरामा शेरबहादुर देउवा , अछाम – २ मा पुष्प शाह एवं दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भएका छन् ।

बाम – लोकतान्त्रिक गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा तीन सिट पाएको थियो जसमा सतप्रतिसत परिणाम निकाल्दै नेकपा एस तीन वटै क्षेत्रमा विजयी भएको छ । नेकपा एसका तर्फबाट डोटीमा प्रेम आले, अछाम – १ मा शेरबहादुर कुँवर तथा बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।

नागरिक उन्मुक्तिबाट कैलाली – १ मा रन्जिता श्रेष्ठ , ३ मा गङ्गा चौधरी तथा २ मा अरुण चौधरी निर्वाचित भएका छन् । सुदूरपश्चिमका १५ स्थानमा उम्मेदवार खडा गरेको एमालेले प्रतिनिधिसभा तर्फ २ स्थानमा मात्र जीत निकाल्न सक्यो । एमालेबाट कञ्चनपुर – १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया