बिहीबार, वैशाख १३, २०८१

तन र मन

टंकबहादुर आलेमगर २०७९ मंसिर १० गते ९:१३

‘आज मलाई तरङ्गीत हुने रहर छ ।’ मनले तनलाई मसार्दै भन्याे । ‘मन तिमीलाई रमाइलो पल कहाँ दिन सक्छु, म त पतझरकाे रुख जस्तै भइसकेँ ।’ ‘पहिले त म नमान्दा, नराम्राे कार्य भन्दा नटेरी दगुरथेऊ ।’ ‘त्याे बैँसे जाेस थियाे ।’ ‘तन ! अाज मलाई त्यहाँ जान औंधि रहर लाग्याे के गराैँ ।’

‘अफ् !!’ तनले कन्सिरी कन्यायाे ‘त्याे उर्लदो उमेर । स्याउलाे र माटाे बाेकेर राेक्न नसके पछि मेरा नारी नारेर बाेकेकाे चप्लेटीले थिचे पछि मत्थर हुन्थ्याे । अनि छेकिन्थे दुवाली । पश्चात् : उसका उत्साह मेरा फुर्लुङ भित्र पर्थे । अब ती विगत, सम्झनाकाे पटमा यदाकदा पढ्ने लघुकथा जस्तै भइसके ।’

‘थ्येत ! अखडामा नओर्ली कसरी पहलमानी हुन्छ ?’ ‘सरी मन ! मसँग उसलाई चीत पार्ने दाउ रहेनन् अब ।’ ‘छि: पानी मरुवा तन ।’ मन च्याठियाे । तनले बल्ल वास्तविकता खाेल्याे ‘म केही राज नीतिज्ञ झैँ ठाउँ मात्रै ओगटन चाहान्न ।’

प्रतिक्रिया