बिहीबार, वैशाख १३, २०८१

नेपाल बैंकको शाखा रुपन्देहीको चौराहामा सेवा सुरु

नेपालखोज २०७९ मंसिर ११ गते १२:४७

काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैंकले शुक्रवार बुटवल उपमहानगरपालिका-९ चौराहाबाट औपचारिकरुपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बताए ।

नेपालभर २२६ शाखा कार्यालय र १९९ एटिएस शाखा छ । बैंकले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया