बुधबार, वैशाख १२, २०८१

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौँथो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ मंसिर ११ गते १३:०६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शनिवार शेयरधनीहरुको उल्लेख्य सहभागिता सहित चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ । अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए ।

यो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो ।

उक्त सभाले आर्थिक बर्ष २०७८/७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव र बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ । आ.व. २०७८/७९ सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ ।

प्रतिक्रिया