शुक्रबार, वैशाख १४, २०८१

पाकिस्तानका ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की

नेपालखोज २०७९ मंसिर ११ गते १७:५४

लाहोर । मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ ।

यस हप्ताको शुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियारहरू प्रक्षेपण गरेका थिए । हालै भएको भिडन्तमा पाकिस्तानको डेरा गाजी खानका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) खुर्रम अली शाहका अनुसार पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्डलाई गोली हानाहानमा मारिएको थियो ।

झडपमा पाँच प्रहरी सहित कम्तीमा १२ जना घाइते भएका थिए । सो झडपमा हतियारधारी आतङ्ककारीहरूले थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर भागेका थिए । यसबाहेक पञ्जाब प्रहरीले बलूच आतङ्कवादी समूहले दिएको कडा धम्कीको जवाफमा प्रहरी प्रतिकारका लागि तम्तयार रहेको बताइएको छ ।

प्रतिक्रिया