मंगलबार, वैशाख ११, २०८१

भीषण पहिरोपछि इटालीमा आपत्काल घोषणा

नेपालखोज २०७९ मंसिर ११ गते २०:५६

काठमाडाैं । इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ।

माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरूलाई बगाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद् बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ ।

दुई सय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन् ।

इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका छन्। ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिराले त्रासदी ल्याएको बताएकी छिन् ।

प्रतिक्रिया