शुक्रबार, वैशाख ७, २०८१

आज विवाह गर्दै सलोन बस्नेत

नेपालखोज २०७९ मंसिर १२ गते ७:४९

काठमाडाैं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिदै छन् । बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन् । गत शनिबार पातले वन रिसोर्टमा उनीहरुको मेहेन्दी तथा संगीत कार्यक्रम सम्पन्न भएको थियो भने आज हुने विवाह समारोह चन्दागिरि रिसोर्टमा संचालन हुनेछ ।

सलोन र करिश्माको रिसेप्सन पार्टी मंसिर १४ गते हुने बताइएकोछ । अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन् । सलोनले ‘नेपाली बाबु’ बाट बालकलाकारका रूपमा चलचित्रमा डेब्यु गरेका थिए ।

उनले ‘होस्टल, ए मेरो हजुर -२, ए मेरो हजुर -३ ए मेरो हजुर – ४, गाजलु , यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा आदि चलचित्रमा विभिन्न किसिमका भूमिका निर्वाह गरेका छन् । यसैगरी सलोनकी प्रेमिका करिश्मा नेपाल एयरलाइन्सकि एयर होस्टेस हुन् । उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा भएको बताइन्छ ।

प्रतिक्रिया