शुक्रबार, चैत १६, २०८०

काम गर्न छाडयो एन्टिबायोटिकले

नेपालखोज २०७९ मंसिर १२ गते १२:०५

काठमाडौं । सारा विश्वले अहिले एउटा यस्तो रोगको सामना गरिरहेको छ जसको कुनै उपचार छैन किनभने त्यसको उपचार नै रोग बनेको छ । यो रोग एन्टिबायोटिकको प्रभावहीनता हो । औषधिको प्रभावहीनताका कारण कतिले ज्यान गुमाएका छन्, यसको सही अनुमान लगाउने हो भने यो विश्वकै सबैभन्दा ठूलो महामारी साबित हुनेबताइन्छ ।

ल्यान्सेटका अनुसार सन् २०१९ मा विश्वभर १२ लाख ७० हजार मानिसले एन्टिबायोटिकले काम नगरेको कारणले ज्यान गुमाएका थिए । भारतमा एन्टिबायोटिकको उचित प्रयोगको सन्दर्भमा एउटा दिशानिर्देश जारी गरिएको छ, जसमा एन्टिबायोटिक कहाँ प्रयोग गर्ने र कहाँ प्रयोग नगर्ने भन्ने कुरा व्यवस्थित रुपमा बताइएको छ ।

उक्त दिशानिर्देशनले विशेष रूपमा डाक्टरहरूलाई कुन आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ भनेर सल्लाह दिन्छ । भारतले एन्टिबायोटिकको सबैभन्दा बढी दुरुपयोग गरेको आरोप लागेकाले पनि यो दिशानिर्देशन जारी गर्नुपरेको हो । भारतका अस्पतालहरूमा भर्ना भएका धेरै गम्भीर बिरामीहरूले गम्भीर संक्रमणको अवस्थामा एन्टिबायोटिक औषधिले काम गर्न नसकेका कारणले आफ्नो ज्यान गुमाइरहेका छन् ।

औषधिको प्रभावहीनता तथा अस्पताल र वातावरणमा सुपरबगहरू अर्थात ब्याक्टेरिया बलियो हुने कारणले मानिसहरूले आफ्नो ज्यान गुमाइरहेको र यो एउटा ठुलो समस्या का रुपमा अगाडि आएको बताइन्छ ।

प्रतिक्रिया