बिहीबार, वैशाख १३, २०८१

जसले अधिकतम सय करोडका फिल्म दिए

नेपालखोज २०७९ मंसिर १२ गते १३:१४

अजय देवगनको फिल्म दृश्यम-२ ले रिलिज हुनुअघि नै दर्शकमाझ निकै राम्रो क्रेज बनाएको थियो । यो चलचित्र प्रदर्शनमा आए पछि बक्स अफिसमा पनि सफल मानिएको छ । रिपोर्टहरु लाई विश्वास गर्ने हो भने यो फिल्मको ब्यापारले १०० करोडको आँकडा छुनेछ भने सय करोड क्लबमा यो अजय देवगनको १३ औं फिल्म हुनेछ । यद्यपि अजय सय करोडको मामिलामा अक्षय र सलमानभन्दा धेरै पछाडि छन् । किनभने अक्षय-सलमानले बलिउडलाई सबैभन्दा बढी १०० करोडका फिल्म दिएका छन् ।

अक्षय कुमार : यो सूचीको पहिलो नम्बरमा बलिउडका खेलाडी कुमार अर्थात् अक्षय कुमार छन्, यद्यपि २०२२ साल अक्षयका लागि कुनै खास रहेन। यो वर्ष उनका चार वटा फिल्म रिलिज भए र ती चारवटै फिल्म बक्स अफिसमा नराम्रो सँग पछारिए । जे भए पनि अक्षयले नै बलिउडमा सबैभन्दा बढी १०० करोडका फिल्म दिएका छन् । उनका १५ वटा यस्ता फिल्म छन् जसले १०० करोड भारुको आँकडा पार गरिसकेका छन् ।

सलमान खान : सय करोडको आँकडा पार गर्ने फिल्म दिनेमा सलमान खान पनि अग्रपंक्तिमा छन् । अक्षयका जस्तै सलमानका पनि १५ वटा फिल्म छन् जसले १०० करोड भारुको आँकडा छोएका छन् ।

अजय देवगन : अजय देवगन यो सूचीको तेस्रो नम्बरमा छन्। उनले १३ वटा सय करोडको फिल्ममा काम गरिसकेका छन् ।

शाहरुख खान : बलिउडका बादशाह खान अर्थात् शाहरुख खान यो सूचीको चौथो नम्बरमा छन् । शाहरुखले आफ्नो करियरमा ७ वटा यस्ता फिल्म दिएका छन् जसको ब्यापारले १०० करोड भारुको आँकडा पार गरेका छन् ।

रणवीर सिंह : अभिनेता रणवीर सिंह यो सूचीको पाँचौं नम्बरमा छन्। बलिउड उद्योगलाई उनले १०० करोडको आँकडा पार गर्ने ६ वटा फिल्म दिएका छन् ।

ऋतिक रोशन : बलिउड अभिनेता ऋतिक रोशनले पनि आफ्नो करियरमा ६ वटा यस्ता फिल्म गरेका छन् जसको ब्यापारले १०० करोड भारुको आँकडा पार गरेका छन् ।

आमिर खान : बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानले केही दिनअघि मात्र फिल्मबाट सन्यास लिएका छन् । यद्यपि उनले आफ्नो करियरमा ६ वटा सय करोडका फिल्म दिएका छन् ।

रितेश देशमुख : रितेश देशमुख यो सूचीको आठौं नम्बरमा छन्। उनले पनि सय करोड भारु कमाउने ६ वटा फिल्म दिएका छन् जसमा हाउसफुल – २, ग्रान्ड मस्ती, एक भिलेन, हाउसफुल – ३, टोटल धमाल तथा हाउसफुल – ४ छन ।

रणवीर कपुर : अभिनेता रणवीर कपुर सधैं चर्चामा छन् । उनी हालै नयाँ ड्याडी समेत बनेका छन् । कपुरले आफ्नो करियरमा ६ वटा यस्ता फिल्ममा काम गरेका छन् जसले सय करोडको आँकडा पार गरेका छन् जसमध्ये उनको पछिल्लो फिल्म ब्रह्मास्त्र पनि एक हो ।

अभिषेक बच्चन : यो सुचिमा अभिषेक बच्चन पनि छन् जसले १०० करोडको आँकडा पार गर्ने ४ वटा फिल्ममा काम गरेका छन् । यसमा बोल बच्चन , धूम – ३, ह्याप्पी न्यू इयर तथा हाउसफुल – ३ समावेश छन् ।

प्रतिक्रिया