शनिबार, जेठ ५, २०८१

१५ अंकले घट्दा एक अर्ब ४९ करोड ४३ लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १२ गते १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार ढिलो गरी चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्यो । तर यसको पुर्व सुचना पहिले नै थियो । मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले चालु पुजी कर्जा सम्वन्धी व्यवस्थालाई संसोधन गर्ने चर्चा परिचर्चा सुरु भएको थियो । सोही कारण पनि उक्त दिन अर्थात आईतबार यसअघि लगातार घटेको नेप्से उच्च अर्थात ३२ दशमलव ४३ अंकले बढ्यो । यस दिन नेप्से मात्र नबढी कारोबार रकम पनि बढेर दुई अर्ब नाघ्यो ।

आज (सोमबार), चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक भएपछिको पहिलो दिनको सेयर कारोबारमा भने मौद्रिक नीति समिक्षाको उल्टो प्रभाव देखिएको छ । नेप्से आज १५ दशमलव ६१ अंकले घटेर १९ सय ५० दशमलव ३७ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६३ अंकले घटेर तीन सय ८२ दशमलव ६१ अंकमा झरेको छ ।

नेप्सेमा सोमबार दुई सय ३६ वटा कम्पनीहरुको २४ हजार नौ सय ५१ पटकको कारोबारमा ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव शुन्य पाँच अंकले घटेर १३ सय ६७ दशमलव ५५ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ४८ दशमलव ३५ अंकले घटेर तीन हजार चार सय ६५ दशमलव ९९ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि २५ दशमलव एक अंकले घटेर दुई हजार २८ दशमलव ८६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ६४ दशमलव ७२ अंकले घटेर नौं हजार एक सय १६ दशमलव ९१ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सुुचक पनि १३ दशमलव दुई अंकले घटेर सात हजार ६ सय ८६ दशमलव ६१ अंकमा झरेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा सोमबार खप्तड लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १८ प्रतिशतले बढेर तीन सय ४१ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिर्र्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ५६ प्रतिशतले घटेर दुई सय ७२ रुपैयाँ ४० पैसा अन्तिम मून्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार नौ सय ७० रुपैयाँ १० पैसा अन्तिम मुल्यमा १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया