मंगलबार, वैशाख ११, २०८१

चिठ्ठा पर्‍यो भनेर रकम मागे नदिनू : प्रहरी

नेपालखोज २०७९ मंसिर १३ गते ८:३०

काठमाडाैं । नेपाल प्रहरीले अनलाइनमार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गरे नदिन सचेत गराएको हो ।

पछिल्लो समय अनलाइनमार्फत गिफ्ट पठाइदिने र त्यसका लागि कर तिर्न चाहिने भन्दै रकम माग गर्नेहरू बढेको प्रहरीले जनाएको छ । अहले अनलाइनमार्फत ठगी गर्ने क्रम बढेको छ भने अनलाइनमार्फत
ठगिएको भन्दै प्रहरीमा उजुरी दिने सर्वसाधारणको संख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया