बुधबार, वैशाख १२, २०८१

घटयो अमेरिकी डलरको मूल्य

नेपालखोज २०७९ मंसिर १३ गते ११:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र बिक्रीदर १३० रुपैयाँ ९८ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो । त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३६ रुपैयाँ १८ पैसा र बिक्रीमा १३६ रुपैयाँ ८१ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा पाइन्छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २९ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ १० पैसा र बिक्रीमा २९ रुपैयाँ २४ पैसा पाइन्छ । मंगलबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १६ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४० पैसा तोकिएको छ।

प्रतिक्रिया