शनिबार, वैशाख १५, २०८१

सुनको भाउ सामान्य घट्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ मंसिर १३ गते ११:२२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया