बिहीबार, चैत १५, २०८०

राष्ट्र बैंकद्वारा आठ वटा वाणिज्य बैंकलाई कारवाही,कुन-कुन परे कारवाहीमा ?

नेपालखोज २०७९ मंसिर १३ गते १२:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको जानकारी दिएको छ । मंगलबार कारवाही गरिएका बैंकहरुको सुची सार्वजनिक गर्दे राष्ट्र बैंकले बैंक अफ काठमाडौं, कृषि बिकास बैंक, कुमारी बैंक, प्राइम कर्मसियल बैंक, हिमालयन बैंक, सनराईज बैंक, ग्लोवल आईएमएई बैंक र मेगा बैंकलाई कारवाही गरेको जानकारी दिएको हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आठ वटा वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकको सुपरीक्षण बिभागले कारवाही गरेको राष्ट्र बैंकको भनाई छ । कारवाही अन्र्तगत ति बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक एवं अध्यक्षहरुलाई सचेत गराउने देखि जरिवाना समेत गराईएको राष्ट्र बैंकको भनाई छ ।

यो अनुसार कृषि बिकास बैंकलाई सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेको आधारमा २० लाख रुपैयाँ जरिवाना तिराईएको छ । यसैगरी बैंक अफ काठमाडौंले भने बिपन्न बर्ग कर्जा प्रवाहमा शिर्षकमा कैफियत देखिएको आधारमा दुई करोड ११ लाख ८५ हजार ६० रुपैंयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ ।

प्रभु बैंक, हिमालयन बैंक, ग्लोवल आईएमई बैंक, सनराईज बैंक, मेगा बैंक, प्राईम कर्मसियल बैंक, कुमारी बैंक र बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी एवं सञ्चालक समितीलाई भने सचेत गराईएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया