बिहीबार, चैत १५, २०८०

काभ्रे सोसाइटी यूकेमा नयाँ कार्यसमिति, नेतृत्व फुँयालको काँधमा

नेपालखोज २०७९ मंसिर १३ गते १८:५६

काठमाडौं । बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत् चुनिएका छन् ।

काभ्रे सोसाइटी यूके स्थापनाको लागि पहलकर्ता एवम् संस्थापक मध्ये एक उनले यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरेका थिए । नवनिर्वाचित अध्यक्ष फुँयाल मिडल्यान्ड मात्र नभइ सिंगो बेलायतमै एक सक्रिय समाजसेवी एवम् एनआरएनए अभियन्ता हुन् । श्रीजनशिल लेष्टर नेपालका वर्तमान अध्यक्ष फुँयाल एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज यूकेका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । नवनिर्वाचित कार्यसमितिमा रामचन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा छन् ।

सदस्यहरुमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाइं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चुनिएका छन् । त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाइं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित गरिएको छ । निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्व डिएसपी बाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस अवसरमा शुभकामना दिँदै प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशिल फुँयालको नेतृत्वमा काभ्रे सोसाइटी यूकेले झन् राम्रा कामहरु गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर, सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाइं र कोभ्रेन्ट्रीस्थित अभियन्ता गोविन्द सापकोटाले शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष फुँयालले सोसाइटीले बेलायतवासी सम्पूर्ण काभ्रेलीहरुलाई एकताबद्ध गर्ने, अन्य संघसंस्था तथा समुदायासँगको सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशिल बन्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निवर्तमान कार्यसमितिका अध्यक्ष रविन्द्र शर्मा र उनको कार्यसमितिको प्रभावकारी कार्य सम्पादन र संस्थामा पु¥याएको योगदानका लागि उनले धन्यवाद ज्ञापन गरेका छन् । अधिवेशनले निवर्तमान समितिका अध्यक्ष शर्मा र कोषाध्यक्ष बलराम मैनालीले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार डा महालक्ष्मी पराजुलीले सञ्चालन गरेकी थिइन् ।

अधिवेशनमा भाग लिन लन्डन, स्कटल्याण्ड, स्वीन्डन, रेडिङसहितका विभिन्न स्थानबाट झन्डै ५ दर्जनको संख्यामा बेलायतवासी काभ्रेली उपस्थित थिए । सो अवसरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष प्रबिण खराल, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष एवम् एनआरएनए आइसीसी सदस्य कोशलेश्वर ढकालसहित विभिन्न संघसंस्थाआबद्ध अभियन्ताहरुको पनि उपस्थिति थियो । कार्यक्रमको लागि खाना तथा हल व्यवस्थापन गर्ने रामचन्द्र अधिकारीसहित सबै सहयोगीप्रति सोसाइटीले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया