शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

नेपालखोज २०७९ मंसिर १३ गते १९:०९

काठमाडौं । काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको हो । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय रडिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यतथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवामुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

साथै उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याए । कार्यक्रमका अर्का अतीथि नेपालका लागिस्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाई आदनप्रदान सँगै भावी कार्ययोजना निर्माणका लागि दिशानिर्देश गर्ने बताउँदै आयोजकलाई धन्यवाद प्रकट गरे ।

साथै उनले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।

सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा.नरेन्द्र भट्टले दाबी गरे ।

प्रतिक्रिया