‘दुईतिहाइ सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न गरेका छन् । बालेनले सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न वाग्मती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाएका छन् । बालेनले ओलीबाट यस्तो प्रतिक्रिया आउनु सामान्य विषय भएकोसम्म भनेका छन् ।
उनी लेख्छन् ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’

प्रतिक्रिया