सोमबार, वैशाख १७, २०८१

भारत, चीन र रुसबाट किन पलायन हुँदैछन् करोडपतिहरु

नेपालखोज २०७९ मंसिर १४ गते १३:४६

काठमाडाैं । ग्लोबल कन्सल्टेन्ट हेन्ली एन्ड पार्टनर्सको एक प्रतिवेदनले सन् २०२२ मा रुस, चीन र भारतका सबैभन्दा धेरै करोडपतिहरु देश छाडेर पलायन भएको जानकारी सार्वजनिक गरेको छ । यी देशले यो वर्ष क्रमश : १५,०००, १०,००० र ८,००० यस्ता धनी व्यक्ति गुमाएको बताइन्छ । यो वर्षको सुरुमा, एक विश्वव्यापी परामर्श संस्थाको अर्को रिपोर्टले यस्तो हुने सम्भावना तर्फ संकेत गरेको थियो । कोभिड–१९ को महामारीले केही समयका लागि बसाइँसराइको गति रोकिए पनि उच्च नेट वर्थ इन्डिभिजुअल्स (एचएनआई) हरुले फेरी देश छाडने क्रम जारिराखेका छन् ।

उच्च नेटवर्थका व्यक्तिहरू ती हुन् जसको नेट वर्थ (कुल सम्पत्ति ) १ मिलियन अमेरिकि डलर भन्दा बढी छ । प्रतिवेदनले २०२२ मा हङकङ, युक्रेन, ब्राजिल, मेक्सिको, बेलायत, साउदी अरेबिया तथा इन्डोनेसियाका करोडपतिहरू पनि अन्यत्र बसाइँ सरेको कुरा उल्लेख गरेको छ । यसबाहेक, प्रतिवेदनले माल्टा, मोरिसस र मोनाकोका ठूलो संख्याका करोडपतिहरू बसाइँ सर्ने कुरा बताएको छ ।

सन् २०२२ को यो अवधिमा युएई, इजरायल, अमेरिका, पोर्चुगल, क्यानाडा, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्याण्ड, ग्रीस तथा स्विट्जरल्याण्डमा करोडपतिहरुको सबैभन्दा बढि पलायन भएको देखिएको छ । उल्लेखनीय छ, विगत दुई दशकमा झन्डै ८०,००० करोडपति अस्ट्रेलियामा बसाइँ सरेका छन् । सन् २०२२ मा मात्र ३ हजार ५ सय करोडपति अस्ट्रेलिया पुगेका छन् । कोरोना महामारी यता युएईले करिब १,००० करोडपतिलाई आकर्षित गरेको छ । सिंगापुरले मुख्यतया: एशियाका बिभिन्न भागका करोडपतिहरूलाई आकर्षित गरिरहेको छ ।

२०२२ मा लगभग २८ सय करोडपति सिंगापुर बसाइँ सरेका छन् । हङकङ, ब्राजिल, मेक्सिको, युके, साउदी अरेबिया र इन्डोनेसियासहित अन्य केहि देशहरू छन् जहाँबाट सन् २०२२ मा सबैभन्दा धेरै करोडपति बाहिरिएका छन् । कोरोना अवधिको कुरा गर्दा, २०२० मा कोभिड महामारीका कारण यसमा कमी आएको थियो । लकडाउन र यात्रा प्रतिबन्धका कारण यस्तो भएको हो । युक्रेन युद्धका कारण पनि धेरै करोडपतिहरु पलायन भएका छन् ।

सन् २०२२ मा सबैभन्दा धेरै करोडपति युएई, इजरायल, अमेरिका, पोर्चुगल, क्यानाडा, सिङ्गापुर, अष्ट्रेलिया, न्यूजिल्याण्ड, ग्रीस र स्विजरल्याण्डमा पुगेका छन् । पछिल्ला दुई दशक अर्थात २० वर्षमा अस्ट्रेलियामा ८० हजार विदेशी करोडपतिहरुले घर बनाएका छन् ।

प्रतिक्रिया