शनिबार, वैशाख १५, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ मंसिर १४ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ। चाँदी आज पनि प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया