शुक्रबार, जेठ ४, २०८१

परिजिता अन्तिम आठमा

नेपालखोज २०७९ मंसिर १४ गते १३:२७

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छिन् ।

आज बुधबार बिहान प्रशारित एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिताले अन्तिम आठमा प्रवेश पाएकी हुन् । उक्तप एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

परिजिताले आफ्नो गीत गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत उनलाइ बधाई समेत दिएकी थिइन् ।
प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा जस्ता सेलिब्रिटीहरुका साथै अमेरिकामा भएको नेपाली समुदायले परिजितालाई जिताउन आग्रह गरिरहेको छ ।

सेमिफाइनल प्रवेश गरेपछि एक भिडियोे सन्देश जारी गर्दै परिजिताले आगामी प्रतिस्पर्धा पक्कै पनि अझ कठिन हुने भए पनि आफू उत्साहित भएको जनाएकी छिन् ।

प्रतिक्रिया