शुक्रबार, वैशाख ७, २०८१

चार अंकले नेप्से घट्दा ८४ करोड २६ लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १४ गते १५:२९

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन तीन अंकले बढेर झण्डै ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने घटेको छ । नेप्से आज तीन दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८५ अंकले घटेर तीन सय ८१ दशमलव ८४ अंकमा झरेको छ ।

दुई सय ३८ वटा कम्पनीहरुको १५ हजार छ सय ९१ पटकको कारोबारमा २३ लाख ५५ हजार आठ सय ४५ कित्ता सेयर खरिद-बिक्री हुँदा आज कुल कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार तीन सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा लघुवित्त समूहको सूचक शून्य दशमलव २७ अंकले बढेर चार हजार ३९ दशमलव ४४ अंकमा पुगेको छ भने ट्रेडिङ समूहको सूचक १६ दशमलव ४२ अंकले बढेको छ । यिबाहेकका बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ३१ अंकले घटेर १३ सय ६६ दशमलव २६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि १८ दशमलव ८५ अंकले घटेर ३४ सय ७५ दशमलव २८ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सूचक पनि दुई दशमलव २९ अंकले घटेर दुई हजार २९ दशमलव सात अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि १७ दशमलव ५४ अंकले घटेर नौ हजार एक सय ३० दशमलव २७ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि सात दशमलव ५० अंकले घटेर सात हजार ६ सय ६४ दशमलव ५१ अंकमा झरेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज ग्रिन लाईफ हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दशमलव १७ प्रतिशतले बढेर दुई सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले घटेर सात सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार नौ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७९ लाख ३४ हजार चार सय २३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया