बुधबार, वैशाख १२, २०८१

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ मंसिर १४ गते १८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्न लागिएको हो । रिपो खरीदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही मंसिर २९ गते तोकिएको छ । रिपो खरिदको लागि बिहीबार अपरान्ह दुई बजेसम्म बोलकवोल पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया