सोमबार, वैशाख १७, २०८१

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटयो

नेपालखोज २०७९ मंसिर १४ गते २०:१७

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट)को मूल्य जनवरीदेखि न्यून स्तरमा छ । तेलको मुल्य अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ । अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ ।

विज्ञहरुका अनुसार कच्चा तेलको भाउ प्रतिब्यारेल ७० डलरसम्म झर्न सक्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकोले भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य घट्ने जानकारहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेको एक महिनापछि त्यसको प्रभाव भारतीय बजारमा देखिन थालेको छ ।

कच्चा तेलको मूल्य घटेसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य हालको मुल्यको तुलनामा प्रतिलिटर १४ रुपैयाँसम्म घट्न सक्ने अनुमान छ ।  नेपालले भारतबाट इन्धन आयात गर्ने गरेको छ । त्यसैले भारतले नेपाललाई पठाउने नयाँ मूल्यसूचीमा इन्धनको मुल्य घटेर आउने अनुमान गरिएको छ । स्रोत : एजेन्सी

प्रतिक्रिया