शुक्रबार, वैशाख १४, २०८१

थ्रेसहोल्डको धरापमा लोसपा र नागरिक उन्मुक्ति, माधव नेपाललाई राहत

नेपालखोज २०७९ मंसिर १४ गते २१:५२

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर भएको छ । प्रत्यक्षमा १० सीट जितेको नेकपा एस समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्ने नजिक पुगेको हो ।

पछिल्लो मतपरिणामअनुसार १ करोड १ लाख ७१ हजार ३६३ मत गणना गर्दा २ लाख ९० हजार १९६ मत ल्याएर समाजबादि थ्रेसहोल्ड कटाउने अबस्थामा पुगेको छ ।

राष्ट्रिय दल बन्न खसेको सदर मतको तीन प्रतिशत कटाउनुपर्ने कानूनी व्यवस्था छ भने अब करिब पाँच लाख मत गन्न बाँकी छ। पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टी २ लाख ६८ हजार ४सय३७, लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा )ल १ लाख ४९ हजार ८ सय ३२ मत ल्याएर थ्रेसहोल्डको धरापमा परेका छन् ।

प्रतिक्रिया