शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ मंसिर १५ गते १२:०९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ४० रुपैयाँले बढेको छ। चाँदी आज पनि प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया