शुक्रबार, वैशाख २८, २०८१

टाटाको एसयूभी: नयाँ संस्करणमा

नेपालखोज २०७९ मंसिर १६ गते १३:०८

मारुतीदेखि टाटा र हुन्डाईसम्म , एसयूभी मार्फत अटोमोबायलको क्षेत्रमा आफ्नो दबदबा कायम राख्न प्रयासरत छन् । राम्रो लुक्स र फिचरसँगै ग्राहकले मूल्यमा पनि विशेष ध्यान दिन्छन् जसका कारण किफायति सवारी साधनको माग बढेको छ ।

यसक्रममा टाटा पञ्चको अपडेट गरिएको नयाँ मोडलको कार प्रती एसयूभी रुचाउने ग्राहकहरू बढि आकर्षित देखिन्छन् । टाटा मोटर्सले गत वर्ष अक्टोबरमा आफ्नो सानो एसयूभी टाटा पञ्च सार्वजनिक गरेको थियो। यो कम्पनीका लागि सफल उत्पादन साबित भयो र बजारमा पुगे देखि नै यसको बिक्रीले गति लियो।

बिस्तारै यो टाटा मोटर्सको दोस्रो सर्वाधिक बिक्रि हुने गाडी बनेको छ । टाटा नेक्सनपछि ग्राहकले टाटाको यहि गाडी रुचाइरहेका छन् । टाटा पञ्चको लागत कम्पनीको यो कारलाई माइक्रो एसयूभी भन्न सकिन्छ । टाटाले यसलाई चार नाराका साथ बेच्दै आएकोछ : शुद्ध, साहसिक, पूरा र रचनात्मक ।

टाटा पञ्च काजिरंगा एडिसन र क्यामो एडिसनमा पनि उपलब्ध छ । भारतिय बजारमा यसको मूल्य ६ लाख भारुबाट सुरु भएर ९.५४ लाख भारु (एक्स-शोरूम) सम्म पुग्छ । यसमा ५ जना सम्म बस्न सक्ने क्षमता छ । टाटा पञ्चको इन्जिन र पावर टाटाको यो माइक्रो एसयूभी १.२ लिटर पेट्रोल इन्जिनसहित ल्याइएको थियो । यो इन्जिनले ८६ पीएस पावर तथन ११३ एनएमको टर्क जेनरेट गर्छ ।

यो ५ – स्पीड म्यानुअल र वैकल्पिक ५ – स्पीड एएमटी गियरबक्स विकल्पका साथ आउँछ। टाटा पञ्चमा ३६६ लिटर बुट स्पेस मा १८७ एमएम ग्राउन्ड क्लियरेन्स छ। थप विशेषताहरू यसको बाहिरी भागमा प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएल , बोल्ड एलईडी टेल ल्याम्प , आर१६ डायमण्ड कट एलोय ह्वील , स्टाइलिस रूफ रेल , ९० डिग्री ओपनिङ डोर , ढोकामा क्ल्याडिङ तथा ह्वील आर्कहरू समेत उपलब्ध हुन्छन् ।

प्रतिक्रिया