शुक्रबार, वैशाख १४, २०८१

सरकारी कार्यालयका प्रमुख कार्यकक्षमै झुण्डिए

नेपालखोज २०७९ मंसिर १६ गते १६:१२

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक राजेश घिमिरेले जानकारी दिनुभयो ।

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् ।

प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया