शुक्रबार, वैशाख १४, २०८१

काबुलमा विस्फोटः १ जनाको मृत्यु, २ घाइते

नेपालखोज २०७९ मंसिर १६ गते १९:०३

काबुल । अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब-ए-इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

हेक्मतयारलाइ भने सुरक्षित छन्, टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ । विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

प्रतिक्रिया