बिहीबार, वैशाख ६, २०८१

शनिदेवलाई प्रशन्न राख्न के गर्ने ?

नेपालखोज २०७९ मंसिर १७ गते ६:४६

काठमाडौं । शनिबार न्यायका देवता शनिदेवको आराधनामा समर्पित छ । भगवान शनिले व्यक्तिलाई कर्म अनुसार फल प्रदान गर्छन । शनिदेव प्रसन्न भए मानिसलाई सुख , धन , वैभव र मोक्ष प्राप्त हुन्छ , हरेक काममा सफलता मिल्छ । शनिदेवले आफ्ना भक्तहरूलाई कीर्ति, धन , पद र सम्मान प्रदान गर्छन । अर्कातर्फ , पाप गर्नेहरूलाई शनिदेवले निकै पीडा पनि दिन्छन् । यदि कुण्डलीमा शनिको अशुभ स्थिति छ भने मानिसले अनेकौं समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

यसैगरि कुण्डलीमा शनिको शुभ स्थितिले रङ्कलाई पनि राजा बनाउँछ । नराम्रो कर्म गर्नेले मात्र शनिदेवसँग डराउनुपर्छ । यदि तपाईको कर्म ठीक छ र तपाई धार्मिक हुनुहुन्छ भने शनिदेबले तपाईलाइ सधैं आशीर्वाद दिनेछन । शनि भगवानको आशीर्वाद प्राप्त गर्न नियमित रुपमा केहि न केहि गरिरहनु पर्दछ । यसकालागि शनिबार शनि मन्दिर गएर शनि चालिसा पाठ गर्न सकिन्छ । शनिबार हनुमान चालिसाको पाठ गर्नु पनि शनिदोषबाट मुक्ति प्राप्त गर्ने उपाय हो ।

शनिदेवलाई प्रशन्न राख्न के गर्ने ?

-शनिबार हनुमान जीलाई भोग र सिन्दुर चढाउनुहोस् ।
-शनिबार ओम शं शनिश्चराय नमः मन्त्र जाप गर्नुहोस् ।

-कुण्डलीबाट शनिदोष हटाउन कालो दाल , कालो कपडा, कालो तिल र कालो चना जस्ता काला वस्तु दान गर्नुहोस् ।
-शनिबार मन्दिर गै शनिदेवको मूर्तिमा तोरीको तेल चढाएर तोरीको तेलको दियो बाल्नुहोस् ।
-अरुको आलोचना गर्ने तथा षड्यन्त्र रच्ने काममा व्यस्त रहने मानिसहरुको संगतबाट टाढा रहनुहोस् ।
-शनिबारको दिन कालो कपडामा ११ रुपैयाँ तथा कालो मरिच दान गर्दा शनिको अढैय्या र साढे सात सनिको प्रभाव कम हुन्छ।- कसैका प्रती नराम्रो विचार नराख्नुहोस , कसैलाई हानि पुर्याउने प्रयास पनि नगर्नुहोस । आफ्नो भलाइका लागि काम गर्नुहोस् तर मनमा अरुको हानिको विचार आउन नदिनुहोस् ।

प्रतिक्रिया