बिहीबार, चैत १५, २०८०

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

नेपालखोज २०७९ मंसिर १८ गते ७:०६

काठमाडौं । नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम आठ ९क्वार्टरफाइनल० प्रवेश गर्ने पहिलो देस भएको छ । प्रि- क्वाटरफाइनल (अन्तिम १६) क‍ो पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि ३-१ को जित दर्ता गरेको छ । शनिबार सम्पन्न पहिलो खेलबाट पहिलो टिमका रुपमा नेदरल्यान्ड्स अन्तिम आठमा पुग्दा अमेरिकाको विश्वकप-२०२२ को यात्रा टुंगिएको छ ।

खालिफा इन्टरेनसल रंगशालामा सम्पन्न खेलमा नेदरल्यान्ड्सको जितमा युवा मिडफिल्डर डेन्जेल डमफ्रिजको महत्त्वपूर्ण भुमिका रह्यो । आजको खेलमा यी युवा खेलाडीले प्रेरणदायी प्रदर्शन गर्दै २ गोलमा असिस्ट र १ गोल आफूले गरेका थिए । नेदरल्यान्ड्स १० औं मिनेटमा गोल गर्न सफल भएक‍ो थिय‍ो । नेदरल्यान्ड्सले खेलको पहिलो अवसरमै गोल गरेर अग्रता कायम गर्यो भने पहिलो हाफको इन्जुरी समयमा त्यसलाई दोब्बर बनायो ।

दोस्रो हाफ सुरु भएपछि अमेरिकाका लागि खेलको ७६औं मिनेटमा हाजी राइटले गोल गरेर टिमलाई खेलमा फर्काउने आधार तयार पारे पनि त्यसको ५ मिनेटमै डच टिमले तेस्रो गोल गरेपछि खेल नेदरल्यान्ड्सले जित्यो ।

आजको खेलमा पकड भने अमेरिकाले राखेको थियो । उसले ५९ प्रतिशत बल नियन्त्रणमा राख्दा जम्मा १७ पटक डच पोस्टमा सट प्रहार गरेकोमा ८ वटा अन टार्गेट थिए । जसमा एक भन्दा बढी प्रहार गोलमा परिणत हुन सकेन । उता, विजयी नेदरल्यान्ड्सले ४१ प्रतिशत बल नियन्त्रणमा राख्दै ११ पटक सट हानेकोमा ६ वटा प्रहार अन टार्गेट रहे । अब नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना सँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्स र अर्जेन्टिनाको क्वाटरफाइनल मंसिर २३ गते शुक्रबार राति १२:४५ बजे सुरु हुँनेछ ।

प्रतिक्रिया