शुक्रबार, चैत १६, २०८०

‘हाम्रो शरीर मूलत माटो र पानी हो’

नेपालखोज २०७९ मंसिर १८ गते ११:०५

-माटो जोगाऔँ अभियान, हाम्रो भूमि र सेरोफेरोका जीवनहरूसँगको प्रेम सम्बन्ध हो-यो कसैसँगको लडाइँ होइन ।

-माटो जीवन्त हुनु निकै महत्त्वपूर्ण छ किनकि माटोको शक्तिले नै हरेक जीवनमा कति शक्ति छ भनेर निर्धारण गर्दछ ।

-जब हामी माटो नष्ट गर्छौँ, हामीले भावी जीवनलाई नष्ट गरिरहेका हुन्छौँ । एक पिँढीको रूपमा, यसलाई उल्टाउने जिम्मेवारी हाम्रो हो ।

-हाम्रो राष्ट्रियता, वंश, धर्म, जाति वा लिङ्ग जेसुकै भएपनि-हामी सबै एउटै माटोबाट आएका हौँ, अनि त्यही माटोमा जानेछौँ ।

-दिगोपन कुनै अवधारणा होइन-वास्तवमा, प्रकृति त्यसरी नै बनेको हुन्छ ।

-दीर्घकालिन समयसम्म चलिरहने संसार निर्माण गर्नको लागि, व्यवसाय र उद्यमसँग जोडिएका नेतृत्वकर्ताहरूले व्यक्तिगत महत्त्वकाङ्क्षाबाट माथि उठेर समावेशी र दिगो दृष्टिकोणसहित अघि बढ्नुपर्छ ।

-हाम्रो शरीर मूलतस् माटो र पानी हो । हाम्रो माटो र पानीको गुणले नै हाम्रो भोजन र हाम्रो शरीर अनि हाम्रो जीवनको गुण तय गर्दछ ।

-जब हामी माटोलाई राम्रो व्यवहार गर्दैनौँ, अनजानमै, हामीले आफैँलाई राम्रो व्यवहार गरिरहेका हुँदैनौँ ।

-हामी सबै धरती आमाको माटोको सन्तान हौँ । हाम्रो लागि अनि अझै जन्मिन बाँकी पिँढीको लागि, आउनुहोस् माटो जोगाऔँ ।

प्रतिक्रिया