मंगलबार, वैशाख ११, २०८१

बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित

नेपालखोज २०७९ मंसिर १८ गते १०:१०

बाजुरा । प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन् । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार नरेशकुमार शाहीले एमालेका उम्मेद्वार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइकेका छन्। प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया