शुक्रबार, वैशाख १४, २०८१

मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बिमा सचेतना कार्यक्रमकोे आयोजना

नेपालखोज २०७९ मंसिर १८ गते १२:३७

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बिमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सय भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बिमा सचेतना फैलाउनु रहेको थियो । मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।’

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बिमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५ हजार भन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बिमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एककारूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’

मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।

प्रतिक्रिया