शुक्रबार, चैत १६, २०८०

बलिउड सेलिब्रेटीहरू जो सलमान खानका शत्रुको सूचीमा छन्

नेपालखोज २०७९ मंसिर १८ गते १३:४२

काठमाडौं । बलिउडमा दबंग खान र भाइजानको नामले चिनिने सुपरस्टार सलमान खान यो उद्योगका चम्किला तारा हुन् । सलमानको फ्यान फलोइङ भारतमा मात्र नभएर विदेशमा पनि छ ।


भनिन्छ मानिसले जोसँग सम्बन्ध बनाउँछ, उसले पूर्ण भक्तिका साथ त्यो सम्बन्ध कायम राख्छ। चाहे त्यो मित्रताको सम्बन्ध होस् वा शत्रुताको । यद्यपि जसले दिल तोडेर जान्छ, उसले फेरि कहिल्यै त्यो दिलमा ठाउँ बनाउन सक्दैन । सलमान खानको अवस्था ठिक यस्तै छ । यदि कसैले सलमानको मन दुखाए भने त्यसपछि उनिहरुले फेरि उनको दिलमा स्थान बनाउन सक्दैनन । बलिउड उद्योगमा यस्ता धेरै व्यक्ति छन् जो सलमान खानका साथी थिए तर अहिले उनीहरुको सलमान खानसँग दुश्मनी बाहेक कुनै सम्बन्ध छैन ।

सञ्जय लीला भन्साली : सलमान खानका शत्रुहरूको सूचीमा पहिलो नाम सञ्जय लीला भन्सालीको आउँछ । सलमान खानले भन्सालीका दुई फिल्म ‘खामोशी’ र ‘हम दिल दे चुके सनम’ मा काम गरिसकेका छन् । एक समय यी दुबै निकै मिल्ने साथी थिए तर अहिले त्यो मित्रता दुश्मनीमा परिणत भएको छ । वास्तवमा यी दुईबीचको यो दुश्मनी फिल्म गुजारिशपछि सुरु भएको थियो । अहिले सलमान खान भन्सालीलाई फुटेको आँखाले पनि हेर्दैनन् । सलमान खान भन्सालीले २ वटा फिल्ममा काम दिएपछि आफूसँग कुनै फिल्म नगरेको र नयाँ कलाकारलाई काम दिने क्रममा पुराना कलाकारलाई बिर्सिएको कुरा बताउँछन् । त्यसपछि न सलमानले उनीसँग कुरा गरेका छन न सञ्जय लीला भन्सालीले उनलाई कुनै फिल्ममा कास्ट नै गरेका छन । अहिले यी दुवै शत्रु झैं बनेका छन् ।

विवेक ओबेराय : सलमान खानका शत्रुहरूको सूचीमा विवेक ओबेरायको नाम पनि छ । वास्तवमा कुनै समय सलमान खान र ऐश्वर्या बिच प्रेम सम्बन्ध थियो तर उनीहरुबीच विवेक ओबेराय आए , जसका कारण सलमान खान र ऐश्वर्याको सम्बन्ध टुट्यो । विवेकले यस्तो काम गरे कि सलमान इन्डस्ट्रीमा बदनाम भए । विवेकले पत्रकार सम्मेलनमा सलमानका बारेमा के सम्म भने कि सलमान खानले उनलाई मार्ने धम्की दिएका थिए र त्यो समाचारका कारण सलमान खान र ऐश्वर्याको सम्बन्धमा समेत दरार आयो । त्यसपछि सलमानले विवेकलाई शत्रुको सूचीमा राखे । आज पनि यी दुईले एकअर्कालाई सहन सक्दैनन्। सलमानसँग झगडा गर्नु विवेकलाई महँगो साबित भएको छ किनभने त्यसपछि उनको करियर बिस्तारै समाप्त हुँदै गयो।

सरोज खान : सलमान खानका शत्रुको सूचीमा सरोज खान पनि छिन् । चर्चित कोरियोग्राफर सरोज खान पनि सलमानलाई मन पर्दिनन् । सलमान ठूला सुपरस्टार नहुँदै यी दुईबीच दरार आएको थियो । त्यतिबेला सलमान फिल्म ‘अन्दाज अपना अपना’ मा काम गरिरहेका थिए र सरोज खान त्यसको एउटा गीतको कोरियोग्राफी गरिरहेकि थिइन । सलमानलाई सरोजले राम्रो डान्स स्टेप्स सिकाउँदिनन भन्ने लागेको थियो । त्यो कुरालाई लिएर उनिहरु बीच निकै विवाद भयो । त्यसयता उनिहरु दुवै जना एकअर्कासँग बोलेका छैनन् ।

अर्जुन कपूर : यो लिस्टमा अर्जुन कपुरको नाम पनि छ र यसको कारण सलमानकी बुहारि मलाइका अरोरा हुन । वास्तवमा, मलाइका अरोरासँग अर्जुन कपूरको अफेयर चलिरहेको छ । अर्जुन कपूरकै कारण अरबाज र मलाइकाको सम्बन्ध टुटेको हो । मलाइकासँग अर्जुनको अफेयर कै कारण भाइको सम्बन्ध टुटेको हुनाले अर्जुन कपुर सलमान खानका दुश्मन बने ।

अरिजित सिंह : यो सुचिको अर्को नाम हो – अरिजित सिंह ।अरिजित सिंह र सलमान खानको दुश्मनीको कथा एक अवार्ड समारोहबाट सुरु हुन्छ। वर्ष २०१४ को कुरा हो , सलमान खान कुनै अवार्ड समारोह संचालन गरिरहेका थिए । अवार्ड समारोहमा अरिजित सिंहलाई अवार्ड लिन स्टेजमा बोलाइयो । अरिजित सिंह स्लीपर र क्याजुअल शर्ट लगाएर स्टेजमा पुगे । अरिजित सिंहको यो चाला देखेर सलमान खानलाई रिस उठ्यो र उनले सोधे, ‘तिमी सुतिरहेका छौ?’ जसको जवाफ दिदैँ अरिजितले भने – तपाईले नै मलाई सुताउनु भयो अर्थात् अरिजितले सलमानको होस्टिङमा प्रश्न उठाए । यता सलमानले निकै रमाइलो शैलीमा जवाफ दिए, यस्ता गीत गाउनुभयो भने निन्द्रा आउँछ । त्यस पछि सलमान खानले अरिजित सिंहबाट आफ्नो फिल्मका सबै गीत खोसेका थिए । भनिन्छ, सलमान खानसँग समस्यामा परेपछि अरिजित सिंहले कम गीत पाउन थालेका थिए ।

प्रतिक्रिया