शनिबार, वैशाख १५, २०८१

मधेशमा जसपाभन्दा बढी मत जनमतको

नेपालखोज २०७९ मंसिर १८ गते १४:५५

काठमाडाैं । मधेश प्रदेशमा मधेश केन्द्रीत दलहरुमध्ये जनमत पार्टी सबैभन्दा बढी लोकप्रिय पार्टीका रुपमा स्थापित भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको सार्वजनिक गरेको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेश प्रदेशमा तेस्रो स्थान ल्याएको छ ।

पहिलो स्थानमा रहदै नेपाली काँग्रेसले ४ लाख १ सय ४४ मत ल्याएको छ भने दोस्रो स्थानमा आएको एमालेले ३ लाख ७ सय ६८ मत ल्याएको छ । त्यसपछि जनमत पार्टीले ३ लाख २९ हजार १ सय ७७ मत ल्याएको छ । जसपा नेपाल भनेले २ लाख ९८ हजार ७ सय ७४ मत मात्र पाएको छ ।

जसपाको तुलनामा जनमतले ३० हजार ४ सय ३ मत बढी ल्याएको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १३ हजार ३ सय ६४ मत मात्र ल्याएको छ ।

यस हिसाबले अघिल्लो चुनावमा मधेशमा लोकप्रिय जसपा तथा लोसपाले यसपटक आफ्नो लोकप्रियता गुमाएको देखिन्छ ।

प्रतिक्रिया