बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद,४७ जनाको सामूहिक राजीनामा

नेपालखोज २०७९ मंसिर १८ गते १५:५८

काठमाडाैं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन् ।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो । सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुत हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कारबाही गर्न माग गर्दै राजीनामा दिएका हुन् ।

राजिनामा दिनेहरुमा रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर – १ का उम्मेदवार टिकाराम थापा (सुरेस), मकवानपुर – २ का उम्मेदवार भरत पराजुली ,जिल्ला उपसभापति निराजन बर्तौला लगायत ४७ जना छन् ।

प्रतिक्रिया