बिहीबार, वैशाख १३, २०८१

कस्ता हुन्छन् मिथुन राशिका मानिस ?

नेपालखोज २०७९ मंसिर १९ गते १०:२०

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन्, जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसँग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन् भने, कसैले यसको वास्ता गर्दैनन् । राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ ।

राशिमा आधारित भएर मानिसको प्रेम जिवन, शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

मिथुन : मिथुन राशिका ब्यक्तीहरु बहुमुखी प्रतिभाका धनी हुन्छन । मिथुन राशिलाई बुधको बिशेष प्रभाव परेको हुन्छ त्यसैले यिनिहरु प्रतिभाको धनी हुन्छन । यी राशिका स्वामिहरु आफ्नो ब्यक्तित्व एवं प्रतिभाले अरुलाई सजिलैलाई आकर्सित तुल्याउन सक्छन् । कुनै पनि विषयमा ज्ञान लिनु पर्दा निकै गहिरो सँग त्यसमा डुबछन् । यिनिहरु लाई हत्तपत्त वा सजिलै बुझ्न सकिदैन किनभने यिनिहरुमा ठट्टा गर्ने बानी हुन्छ । यिनीहरु शारिरिक रुपबाट भन्दा पनि दिमागबाट तेज हुन्छन् भने समयअनुसार आफूलाई परिवर्तन पनि गर्न सक्छन् ।

हरेक परिस्थितिमा आफूलाई परिवर्तन गर्नु, वातावरणलाई आफू अनुकुल परिवर्तन गर्नु वा स्वयं वातावरणअनुसार परिवर्तित हुनु यिनीहरूको स्वभावको विशेषता हो । यिनिहरु जती कोमल हुन्छन त्यती नै काठोर हुन पनि पछी पर्दैनन । यिनिहरु जो कोहि सँग पनि घुलमिल हुन सक्छन । यिनिहरुमा नयाँ कुरा सिक्ने चाहना हुन्छ। यिनीहरू हरेक किसिमको वातावरणमा आफूलाई बदल्न सक्छन । मिथुन राशि हुनेहरु सबै किसिमको भोजन मन पराउँछन । मिश्रित प्रकृतिका भएका कारण यो राशिका मानिसलाई रोग पनि मिश्रित अर्थात् धेरै किसिमका नै लाग्छन् ।

यो राशि हुनेहरुले खानेकुरामा विशेष गरी घर बाहिरको खानेकुरामा परहेज गर्नुपर्छ । आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन् । यिनीहरूको व्यावहारिक ज्ञान राम्रो हुन्छ । कुनै पनि व्यक्तिबाट आफ्नो कुनै काम कसरी गराउनु पर्छ भन्ने जस्ता व्यवहार कुशलता यस्ता मानिसलाई राम्रोसँग आउँछ । यो राशिका स्वामिहरु सफल ब्यापारी वा योजनाबिद बन्न सक्छन् । शुभबार : बुधवार , शुक्रबार तथा शनिबार घातकबार : सोमबार शुभ रत्न : पन्ना, हिरा तथा निलम मित्र राशी : बृष , सिंह तथा कन्या शत्रु राशी : कर्कट ।

प्रतिक्रिया