शुक्रबार, चैत १६, २०८०

बढि व्यायाम गर्नुका बेफाइदा

नेपालखोज २०७९ मंसिर १९ गते १२:०४

नियमित व्यायाम गर्नुका धेरै फाइदाहरु छन् तर यसका केही बेफाइदा पनि छन् । यसैले शारीरिक सकि्रयतालाई नजरअन्दाज गर्नुभन्दा पनि व्यायाम गर्नुअघि अलि विचार गर्नुपर्छ । व्यायामसँग जोडिएका केही यस्त तथ्य पनि छन् जसले अत्यधिक कसरत गर्नाले शरीरमा नकरात्मक असर पनि पर्छ थाहा हुन्छ । महिलाहरुलाई गाह्रो हुन्छ : जब एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ । यो स्थिती तब पैदा हुन्छ ।

कैयौं महिलाहरुमा यो स्थिती यो कारणले पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन् । प्रजननमा असर : शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन बरु महिलाहरुको योनैच्छामा पनि यसको प्रभाव पर्छ । यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ । किनभने धेरै मोटी महिलाहरु तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ । यस्तै कम उमेरका केही महिलाहरु पनि धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ । यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ । त्यसैले त्यसको सेवन गरेपछि महिलाहरु आँफैलाई गर्भवती हुनबाट रोक्न सक्छन् । धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ । यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुलाई हेभी एक्सरसाइजबाट बँच्नुपर्छ । र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ । पुरुषहरुको शुक्राणु संख्या घट्छ : पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ ।

जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ । हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं । यदि तपाईं अत्याधिक थकाउने कठिन व्यायाम गर्नुहुन्छ भने तपाईंंको शरीरमा जसले सामान्य ट्रेनिङ सेसन फलो गर्ने मानिसहरुमा भन्दा कम शुक्राणु संख्या हुने सम्भावना हुन्छ । लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले न शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ । त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ किनभने यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ । जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र तपाईंको महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ ।

के गर्ने ? : नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने तपाईंको शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ । खासगरी जब तपाईं एक्सरसाइजको क्रममा धेरै उर्जा गुमाउनुहुन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ । त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ । यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ ।

प्रतिक्रिया