मंगलबार, वैशाख ११, २०८१

फेसन दाह्रीको

नेपालखोज २०७९ मंसिर १९ गते १३:१४

काठमाडौं । अहिले जता हेरे पनि दाह्री पालेका युवाहरु भेटिन्छन् । हिजोआज दाह्री पाल्नु नयाँ रहेन, अब यो सामान्य हुँदै गएको छ। विश्वविद्यालय होस वा कलेज जताततै दाह्री पालेका युवाहरु देखिन्छन् । यसबाहेक, कुनै समय कामदार अर्थात् अफिसमा काम गर्नेहरुले क्लिन सेभ गर्नुपर्ने नियम थियो, तर अहिले त्यहाँ पनि त्यस्तो नियम लागू गरिदैन। दाह्री पाल्ने यो चलन हामी कहाँ मात्र होइन, युरोप र अमेरिकामा पनि छ । चिन , जापान , कोरिया आदि यसमा अपबाद हुन ।

दाह्री शताब्दीयौं देखि विभिन्न ढंगले पालिदै आएको छ । यद्यपि दाह्रीको यो नयाँ चलन कम्तिमा एक दशकदेखि प्रचलित छ। अन्वेषकहरूको अनुमान छ – दाह्री यति धेरै लोकप्रिय हुनुको एउटा कारण यसलाई पुरुषत्वको प्रतीक मानिनु पनि एक हो ।

दाह्री पाल्ने चलन व्यापक हुनुक‍ो सबैभन्दा ठूलो कारण हामी सबैले लोकप्रिय कुरालाई पछ्याउँनु पनि हो अर्थात एक अर्काको नक्कल गर्नु । जब हामी मानिसहरूको ठूलो समूहलाई कुनै कुरा चाखलाग्दो लागेक‍ो देख्छौं तब हामी पनि त्यही कुरा गर्न चाहन्छौं ताकि आफू पछाडि नपरियोस्। जब जति धेरै मानिसले दाह्री बढाउँछन्, अरू मानिसहरू पनि त्यस्तै गर्न चाहन्छन्।

दाह्री फेसनमा हुनुको पहिलो र प्रमुख कारण यो अद्वितीय हुनु हो । क्लिन सेभ एउटै हुन्छ तर हरेक दाढी बेग्लाबेग्लै किसिमको हुन्छ। दाह्री धेरै फरक आकार र शैलीमा आउन सक्छ । त्यसैले दाह्री बढाउने निर्णय गर्ने हरेक मानिसको आफ्नै अद्वितीय लुक हुन सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, महिलाहरूले पनि यसलाई रुचाएका छन्। आफ्नो अनुहारको सही दाह्रीले महिलाहरूलाई प्रभावित गर्छ। अध्ययनले के देखाएको छ भने महिलाहरूलाई दाह्री भएका पुरुषहरू क्लिन-शेभ पुरुषहरू भन्दा बढी आकर्षक लाग्छन्। यो पनि फेला परेको छ कि महिलाहरु १० दिनको “स्टेबल लुक” लाई प्राथमिकता दिन्छन्। दाह्रीले सबैको व्यक्तित्वलाई बलियो, आत्मविश्वासी, परिपक्व र साहसिक लुक दिन्छ, जसलाई विशेष गरी युवा तथा महिलाहरूले मन पराउँछन्।

दाह्री पाल्दा के हुन्छ ?

  • यसले अनुहारलाई सन्तुलनमा राख्न सक्छ। दाह्री अनौठो अनुहारको आकारलाई सन्तुलित गर्ने उत्तम तरिका हो। अनुहारमा जुनसुकै अपूर्णताहरू हुन सक्छन्, जस्तै नमिलेको चिउँडो , सेपमा नभएको गाला तथा बंगारा वा अनुहारका पुरान दागहरू आदि । यी सबैलाइ राम्रो सँग पालिएको दाह्रीको पछाडि लुकाउन सकिन्छ।
  • यसको रेखदेख गर्न सजिलो छ। हरेक दिन सेभ गर्नुको साटो साता – दस दिनमा दाह्री व्यवस्थित गरे पुग्छ । यो अनुहारको छालाको सुरक्षाका लागि मात्र राम्रो हुँदैन , यसले एकै छिनमा तयार हुन पनि मद्दत गर्दछ।

प्रतिक्रिया