बुधबार, जेठ २, २०८१

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्याे

नेपालखोज २०७९ मंसिर १९ गते १५:५६

काठमाडाैं । सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि देखिएको छ। रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्न जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि अचानक तेलको मूल्य बढेको हो । युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता गरेका हुन्। जुन आजै सोमबारदेखि लागू भएको छ।

घट्दो आर्थिक वृद्धिदर र बढ्दो ब्याजदरका बीचमा ओपेक प्लस राष्ट्रहरु तेलक‍‍ो उत्पादन घटाउने आफ्नो निर्णयमा अडिग रहेपछि उक्त सम्झौता भएको हो । ओपेक प्लस तेल निर्यात गर्ने २३ वटा देशहरुको समूह हो जसमा रुस पनि समावेश छ।

गत हप्ता जी–७ तथा अस्ट्रेलियाले संयुक्त विज्ञप्ति जारी गर्दै रुसी तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको सीमा सोमबारदेखि लागू हुने बताएका थिए। यो कदम रुसलाई बढी नाफा कमाउनबाट रोक्ने उद्देश्यले चालिएको हो।

यो सम्झौता अनुसार प्रतिब्यारेल ६० युएसडलर वा त्यस भन्दा कम मूल्यमा खरिद गरिएको रुसी तेलमात्र जी–७ तथा युरोपेली संघका ट्यांकरहरुमार्फत पठाउन सकिन्छ। यो कदमले रुसलाई आफ्नो तेल उच्च मूल्यमा बेच्न गाह्रो बनाउनेछ। जी–७ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका देशहरुको समूह हो। यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका सामेल छन्।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुको सहयोगमा

प्रतिक्रिया