बुधबार, जेठ २, २०८१

रिलायन्स लाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ मंसिर १९ गते १९:३०

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

कपनको सरस्वती नगरमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्द्यी जानकारी गराईएको थियो । उक्त सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया