बुधबार, जेठ २, २०८१

नेपाल एसबिआई मर्चेन्टको सातौं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ मंसिर १९ गते १८:१५

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनिले सोमबार नेपाल एसबिआई बैंक लि. को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त सभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया