शनिबार, वैशाख १५, २०८१

सुन ताेलामा ६ सय रुपैयाँले घट्याे

नेपालखोज २०७९ मंसिर २० गते ११:१३

काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया