शुक्रबार, चैत १६, २०८०

सन्दर्भ: विश्वकप फुटबल, बीपी कोइरालाबाट राजा महेन्द्रको टिम पराजित हुन पुगेको त्यो फुटबल म्याच

सुनिल उलक २०७९ मंसिर २० गते १२:४९
खेलाडिका रुपमा खेल मैदानमा राजा महेन्द्र तथा बीपी कोइराला ।

बि.स.२०१३ सालमा श्री ५ महेन्द्रको राज्याभिषेकको अवसरमा आयोजना गरिने बिभिन्न खेलहरुका लागि किरण शमशेरको नेतृत्वमा पहिलो पल्ट रंगशालाको निमार्णको योजना अगाडि बढाइ हालको दशरथ रंगशालाको प्रारम्भिक रुप तयार भएको थियो ।

राष्ट्रिय रंगशाला नामाकरण भएको हालको दशरथ रंगशालामा बि. सं. २०१३ पछि नियमित खेल आयोजना हुने गर्दथ्यो । यसै अन्तर्गत बि. सं. २०१६ साल कार्तिक १५ गतेका दिन यसै राष्ट्रिय रंगशालामा श्री ५ महेन्द्र र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको फुटबल टिम बिच ‘च्यारेटी म्याच’ फुटबल आयोजना भएको थियो ।

६० मिनेट खेलिएको उक्त म्याचमा राजा महेन्द्रको टिममा सुरेन्द्र शमशेर जबरा, सुवर्णशमशेर, रंगविक्रम शाह, हिमालय बिक्रम शाह, बसुन्धरा बिक्रम शाह, शेरबहादुर मल्ल, लोकविक्रम शाह, नर शमशेर जबरा, नीर शमशेर जबरा, हरिविक्रम शाह सहभागि थिए भने बीपीको टिममा महेश्वर शमशेर जबरा, होराप्रसाद जोशी, तुलसी गिरी, धीरविक्रम शाह, भरत शमशेर जबरा, जमानसिंह गुरुङ, डा. त्रिवेणी प्रधान, प्रकाशचन्द्र ठाकुर, सुरेन्द्रबहादुर शाह, रोमविक्रम थापा मैदानमा ओर्लिएका थिए । खेलको रेफ्री पदमबहादुर खत्री थिए ।

१-० गोल अन्तरले श्री ५ महेन्द्रको टिम पराजित हुन पुगेको त्यो खेलमा अन्तिम समयमा निर्णायक एक मात्र गोल गर्ने खेलाडी बीपी कोइरालानै थिए ।

प्रतिक्रिया