बिहीबार, जेठ २, २०८२

थाङ्का लेखन तालिम सुरु

नेपालखोज २०७९ मंसिर २० गते १८:००

काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ ।

ककनीमा धार्मिक पर्यटनलाई प्रवर्दन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो ।

तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’ उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन । सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए । यसै गरी तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए । ‘थाङ्कमा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ ।

यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ ।’ उनले भने‚ ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ । ’उनले थाङ्क लेखनबाट आर्जित आर्थिकले शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए ।

तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनेछ । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता रहेका छन । कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया