शुक्रबार, वैशाख १४, २०८१

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी घिमिरे पक्राउ

नेपालखोज २०७९ मंसिर २० गते १०:००

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको साविक ओेखरपौवा गाविस वडा नं ५ हाल परिवर्तित ककनी गाउँपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ६ जरंखु बस्ने २९ बर्षि श्रीराम घिमिरेलाई बैंकिङ कसुरमा पक्राउ गरेको हो ।
उक्त कार्यालयका अनुसार घिमिरे उपर बैंकिङ कसुर मुद्धामा चार लाख ५० हजार रुपैंयाँ बिगो रहेकोमा उनी फरार रहेका थिए । उनलाई मंगलबार काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरी प्रहरी वृत बालाजु पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया