शनिबार, वैशाख ८, २०८१

तीन अर्ब चार करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दे राष्ट्र बैंक

नेपालखोज २०७९ मंसिर २० गते २१:०९

काठमाडौँ । नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा तीन अर्ब चार करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ पुस एक गतेदेखि २०८० मंसिर ३० गतेसम्मको लागि लगानी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि दुई अर्ब ४३ करोड २० लाख, बिकास बैंकहरुको २४ करोड ३२ लाख र फाईनान्स कम्पनीहरुको लागि १५ करोड २० लाख रुपैयाँ छुुट्याईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २५ गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया