शुक्रबार, वैशाख १४, २०८१

आयात प्रतिबन्ध फुकुवा

नेपालखोज २०७९ मंसिर २० गते २१:१३

काठमाडौं । अर्थतन्त्र सङ्कटमा भएको बेला सरकारले गएको बैसाख देखि लगाउँदै आएको आयात प्रतिबन्ध फुकुवा गरेको छ । सरकारको यो निर्णय पछि अब गाडी, मोटरसाइकल, मोबाइल तथा मदिराको आयातमा कुनै बाधा रहने छैन ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल तथा मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो । आयात प्रतिबन्ध लगाइएका बस्तुहरूका सम्बन्धमा आवश्यक सिफारिस गर्न मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो जसले प्रतिबन्ध फुकुवाको सिफारिस गरेको थियो ।

नेपालको अहिलेको विदेशी मुद्रा संचिती १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ छ । यो रकमले करिब ८ महिनाका लागि आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । आयात प्रतिबन्ध फुकुवा पछि अब सबै खालका गाडी, मोटरसाइकल, मोबाइल तथा मदिरा आयात गर्न पाइनेछ ।

प्रतिक्रिया