शुक्रबार, वैशाख १४, २०८१

फिफा विश्वकप फुटबल : क्वाटरफाइनल समीकरण पूरा

नेपालखोज २०७९ मंसिर २१ गते ६:४६

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि-क्वाटरफाइनल खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।  

दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया